काठमाडौं । साताको सुरुदेखि नै नेप्से परिसुचक लगातार घटीरहेको छ । आइतबार करिव १५ अंकल सोमबार १८ अंकले घटेको नेप्से मंगलबारपनि ४.१२ अंकले घटेको छ ।
यस दिन अन्य समूहको समूहगत परिसुचक बाहेक सम्पुर्ण परिसुचकहरु घटेको छ । कारोबार सुरु भएको एक घण्टा नहुँदै २४ अंक भन्दा बढीले तल झरेर ८२५ मा पुगेको नेप्से फेरि सुधारिएर ८४४ अंकमा पर्खिएको छ । शेयर मूल्य घेरै घटेको मौकामा खरिदकर्ताहरु बढेपछि कारोबार समयमा नेप्सेमा केही सुधार देखिएको हो । यस दिन सवैभन्दा बढी विमा र जलविद्युत समूहको परिसुचक घटेको छ । यस दिन २७ करोड बराबरको सेयर खरिद विक्रि भएको छ ।
प्रतिक्रिया