काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले हामा मर्चेन्टण्ड फाइनान्सका तत्कालिन महाप्रबन्धक रवि भुषण बैद्यसहित पाँच जनालाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जमानी मुल्यांकनकर्ता शोभेन्द्रराज जोशी, जमानीकर्ता सचिन कुमार सुनुवार, ऋणी तिलक बहादुर सुनुवार र ऋणी राजेश अधिकारी रहेका छन् ।उनीहरुलाई फाइनान्सलाई ७ करोड ६० लाख ९९ हजार रुपैयाँ बराबरको नोक्सानी पुर्याएको आरोप लागेको छ ।
बैद्यमाथि ऋणीहरुसँग मिलेमतोमा कम्पनीको कोष र कर्जाको दुरुपयोग गरेको धितोको अधिक मुल्यांकन गराएको विभिन्न व्यक्तिहरुको नाममा छुट्ट छुटै कर्जा प्रबाह गरी बैकिङ कसुर गरेको अभयोग लागेको छ ।
त्यस्तै जनरल फाइनान्सका तत्कालिन महाप्रबन्धक रहेका राजुकुमार प्रधानलाई पनि सोही कसुरमा व्युरोले पक्राउ गरेको छ । उनीहरुमाथि बैकिङ कसुर अन्तर्गतको मुद्धामा पुनरावेदन अदालत पाटनको वाणिज्य ईजलासबाट म्याद थपेर अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।
उनीहरुले नक्कली कागजात तयार पारी गुड फर पेमेन्ट चेक जारी गरेको उजुरी पनि प्रहरीमा परेको थियो ।
प्रतिक्रिया