काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र कालिञ्चोक डेभलपमेन्ट बैंकबीच सेयर सूचीकरण सम्झौता भएको छ । सूचीकरण सम्झौता भएको एक सातापछि आगामी सोमबारबाट बैंकको सेयर बजारमा कारोबार हुनेछ ।
आइतबार बैंकको १० लाख कित्ता साधारण सेयर दोस्रो बजारमार्फत कारोबारका लागि सूचीकरण सम्झौता भएको हो । सम्झौतामा नेप्सेमा महाप्रबन्धक सीताराम थपलिया र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटीले हस्ताक्षर गरे ।
बैंकले साउनमा ४ लाख ९० हजार कित्ता सर्वसाधारणमा बिक्री गरेपछि आइतबार दोस्रो बजारमा सूचीकरण गरेको हो ।
बैंकको सार्वसाधारणलाई बिक्री गरेको ४ लाख ९० हजार र संस्थापक समूहको ५ लाख १० हजार कित्ता गरी १० लाख कित्ता सेयर सूचीकरण भएको हो ।
प्रतिक्रिया