वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआईडीसी बिकास वैंकको नाफा २६ % घट्यो

अर्थटुडे
२०७१ मंसिर ४, बिहीबार

काठमाडौं । एनआईडीसी बिकास वैंकको खुद नाफा २६ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७०\७१ को असोजसम्ममा २२ करोड ७० लाख रुपैयाँ नाफा गरेको बैंकले चालु आवको यसै अवधिमा १६ करोड ६७ लाख रुपैयाँ मात्र नाफा गरेको छ ।

nidc bankबैंकले ब्याज आम्दानी ७३ र संचालन नाफा ५५५ प्रतिशतले बढाएको छ । तर कर्जा परिचालन भने घटेको छ । गत बर्षको पहिलो त्रैमासमा बैंकको संचालन नाफा १ करोड ८७ लाख रुपैयाँले ऋणात्मक थियो । निस्क्रिय कर्जालाई २४.१४ प्रतिशतबाट २३.०५ मा झारेको बैंकले १२ करोड रुपैयाँ गत बर्ष प्रोभिजन गरेको जोखिम कोषबाट झिकेर नाफामा देखाएको छ ।

४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १६२.२८, मूल्य आम्दानी अनुपात २.५९, प्रति शेयर नेटवर्थ ६८०.६४ र प्रति शेयर सम्पतिको मूल्य १४३०.६० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ