वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजार फेरि बढ्ने क्रममा, विहिबार साढे आठ अंकले बढ्यो

अर्थटुडे
२०७१ मंसिर ४, बिहीबार

काठमाडौं । बुधबारबाट बढ्ने लयमा फर्किएको सेयर बजारमा विहिबार पनि साढे आठ अंकले अंकले बढेको छ । बुधबार पनि बजार करिब १० अंकले बढेको थियो । लगातार बजार घट्न थालेपछि अतालिएका लगानीकर्ताहरु बजार फेरी आफ्नै लयमा फर्किएपछि आशावादी भएका छन् । विमा समितिले बिमा कम्पनीहरुले सेयरमा लगानी गर्न पाउने सिमा बढाएपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको विश्लेषकहरु बताउछन् ।

बिमा कम्पनीहरुको लगानीको दायरा वृद्वी भई सेयरमा १० प्रतिशत लगानी गर्न पाउने समाचार बजारमा बुधबार सार्वजनिक भएको थियो । यसले केही दिनदेखि निरन्तर गिरावट आएको बजारमा असर परेको हो ।

chart (6)
विहिबार कारोबार सुरु भएदेखि नै बजार बढ्न थालेको थियो । साढे १ बजेसम्ममा १२ अंकसम्मले बढेको नेप्से अन्त्यमा भने सामान्य घटेर ८६४.५५ अंकमा बन्द भयो ।

सेयर बजार बढेपनि विहिबार कारोबार रकम भने घटेको छ । विहिबार २१ करोड ४५ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ