वि.सं. २०८१ आश्विन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एटिएम ठगी गर्ने टर्कीका नागरिक पक्राउ, ४२ वटा एटिएम र २६ लाख रुपैयाँ बरामत

अर्थटुडे
२०७१ मंसिर ४, बिहीबार

काठमाडौं । नेपाल प्रहरीले एटिएम कार्ड ठगीमा संलग्न विदेशी नागरिकलाई ठमेलबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी)को विशेष टोलीले टर्कीका नागरीक मेहत गुलेनलाई विभिन्न विदेशी बैंकका ४२ थान एटिएम कार्ड, नेपाली २६ लाख रुपैया र ५ हजार अमेरिकी डलर सहित पक्राउ गरेको हो । पक्राउ परेको ती व्यक्तिले एटिएमका पिनकोड ह्याक गरेर पैसा निकाल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

atm
पक्राउ परेका व्यक्तिलाई बरामद एटिएम कार्ड र नगद सहित आज सार्वजनिक गरेको छ । सिआइवीका डिएसपी भिम दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले गुलेनलाई पक्राउ गरेको हो । विदेशबाट एटीएम ह्याकर नेपाल भित्रिएको गेप्य सूचना पाएपछि सीआईबीले एकसाता अघिबाटै दाहालको नेतृत्वमा विशेष टोली परिचालन गरेको थियो । उनले व्यक्ति विदेशी गिरोहसँग मिलेर नेपालमा एटिएम र क्रेडिट कार्ड ह्याक गर्दै आएको प्रहरीले जनाएको छ ।

गुलेनले विदेशी एटीएम कार्डका पीनकोर्ड नेपालमा ह्याक गरी रकम झिक्ने गरेका थिए

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ