वि.सं. २०८१ आश्विन १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारी कार्यालय विहान ६ देखि बेलुकी ६ बजेसम्म खुल्ने

अर्थटुडे
२०७१ मंसिर ४, बिहीबार

काठमाडौं । सरकारी काम समयमा नै नभएर दुख पाएका सर्वसाधारणलाई खुसीको खवर छ । अव सरकारले सर्वसाधारणको चाप वढी हुने कार्यालयहरुमा दुई सिफ्टमा सेवा दिने भएको छ ।Singha_durbar

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने राहदानी, मालपोत, भूमिसुधार, नापी, कम्पनी रजिष्ट्रार, यातायात व्यवस्था विभाग, वैदेशिक रोजगार, श्रम, विद्युत् तथा खानेपानी लगायतका कार्यालयबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

सरकारले मातहतका मन्त्रालयलाई सेवा समय बढाउने व्यवस्था गर्न निर्देशन दिएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले मङ्सिर मसान्तसम्ममा सार्वजनिक सूचना जारी गर्ने र त्यससम्बन्धी गृहकार्य पूरा भएपछि सेवा सुरु हुने जानकारी दिए ।

यसैगरी सो बैठकले राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई आजिवन मासिक २५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने, दाइजोको नाममा जिउँदै जलाइएका रिहाना रोश धपाली र चन्द्राचन्दन सलवानीलाई राहतस्वरुप एक एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ

त्यस्तै सरकारले न्याय सेवाका तीनजना अधिकृतलाई विशिष्ट श्रेणीमा बढुवा गरी पदस्थापना गर्ने निर्णयसमेत गरेको छ । यसरी बढुवा हुनेहरुमा रञ्जनकृष्ण अर्याल, राजेन्द्र सुवेदी र बद्रीप्रसाद गौतम छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ