वि.सं. २०८१ आश्विन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आधा दर्जन सुचिकृत कम्पनीको मूल्य एक सय कम, बेच्नलाई कठिन

अर्थटुडे
२०७१ मंसिर ५, शुक्रबार

काठमाडौं । अंकित मूल्य (फेस भ्यालु) भन्दा कममूल्य भएका कम्पनीको सेयर बिक्री गर्न कठिनाइ हुने गरेको छ । कम्पनीको सेयर सार्वजनिक निष्कासन गर्दा सर्वसाधारणले उत्साहका साथ सहभागिता जनाए पनि लामो सयमसम्म प्रतिफल दिन नसकेका कारण ती कम्पनीको सेयर हिजोआज बिक्रीसमेत हुन छाडेको छ ।

nepal stock exchange यतिबेला सेयरबजारमा लाभांशको गरमागरम चलिरहकेको छ । बढी लाभांश खुवाउने कम्पनीको सेयर किनबेच गर्ने होडमा लगानीकर्ता छन् । बजारमा यस्ता कम्पनी पनि छन् तर जसको मूल्य प्रतिकित्ता सय भन्दा कम छ र कारोबार पनि नियमित नहुने गरेको आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ । फेस भ्यालु भन्दा कम मूल्यका सेयर बेच्न पनि समस्या भएको नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष नरेन्द्रराज सिँजापतिले बताए ।

आईपीओ भन्दा कम मूल्य हुने आधा दर्जन जति विकास बैंक र फाइनान्स कम्पनी छन् । यसैगरी एनबी इन्स्योरेन्स र केही उत्पादनमूलक कम्पनीको सेयर मूल्य पनि अंकित मूल्यभन्दा कम छ । नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक र नेपाल बंगालादेश बैंकमा रहेको एनबी इन्स्योरेन्सको सेयर बिक्रीका लागि राखेको लामो सयभन्दा तल भएका सेयर भनेको समयमा बेच्न गाह्रो हुने गरेको लगानीकर्ता बताउँछन् । आईपीओमा परेको मुल्य भन्दा न्यून अंकमा ओर्लिएर बेच्नुपर्दा बिक्रीकर्तालाई साँवा र ब्याज त नोक्सान भएको छ नै, त्यसका अतिरिक्त आबश्यक समयमा नगदमा रुपान्तरण गर्न सकिरहेका छैनन् । “कम मूल्य भएका कम्पनीको सेयर निल्नु र ओकल्नु सरह भएको छ,” सिँजापतिले भने ।

सर्बसाधारण लगानीकर्ता आईपीआमा सेयर पाउन हत्ते गर्छन् । दोस्रो बजारमा मुल्य बढ्ने भएकाले आईपीओमा सय दरको सेयर किनेर फाइदा लिने उनीहरुको आशा हुन्छ । तर आईपीओ भन्दा तल मुल्य झरिसकेका कम्पनीका सेयर लगानीकर्ताको आशा निराशामा परिणत हुन पुगेको छ ।

कम्पनीको नाफा नोक्सान, उसले दिने लाभांश र संस्थागत सुशासन जस्ता बिषयले सेयर मूल्यमा प्रभाव पार्छ । संस्थागत सुशासन नभएका बैंक तथा वित्त कम्पनी सेयर मूल्य पनि कमै हुने गरेको नेपाल राष्ट्र बैंकका प्रवत्ता मनमोहनकुमार श्रेष्ठले बताए । राष्ट्र बैंकले सेयर मूल्य तल माथि पार्ने नैतिक जिम्मेवारी त हुँदैन । तर, ठूला लगानीकर्ताले सोझा साझा लगानीलाई फसाउने काम गर्न थाले भने सचेत समेत बनाउने काम भने केन्दीय बैंकले गर्ने गरेको छ । “राष्ट्र बैंकले सचेत बनाउने काम मात्र गर्छ” श्रेष्ठले भने । राष्ट्र बैंकले केही सयम अघि एच एण्ड बी डेभलपमेन्ट बैंकको सेयर मूल्यका बेलुन जस्तै फुलान खोज्दा लगानीकर्तालाई सचेत पार्ने काम गरेको थियो ।

लगानीकर्तालाई हरेक बर्ष लाभांश बढाएका कारण युनिलिभरको सेयर दोस्रो बजारमा सबैभन्दा आकर्षित देखिन्छ । तर सञ्चालनको लामो समयसम्म कुनै प्रतिफल दिन नसक्ने तथा प्रगतिको लक्षण पनि नदेखाएका कम्पनीहरु प्रति भने लगानीकर्ताले नैराश्य प्रकट गर्छन् । त्यही आशा र निरासा नै सेयर मूल्यको रुपमा बजारमा प्रकट हुुने गरेको छ ।

आईपीओ भन्दा तल सेयर मूल्य ओर्लिएका कम्पनीहरुमा क्षेत्रीयस्तरका विकास बैंक, फाइनान्स कम्पनीहरु धेरै छन् । राष्ट्र बैंकको प्रत्यक्ष निगरानी पनि तुलानात्मक रुपले कम हुने तथा पछिल्लो सयम समस्यमा पर्ने आधिकाशं कम्पनीहरु यही समूहका भएकाले पनि यीनीहरुप्रति सर्वसाधारणको भरोसामा कमी आएको हो ।

आईपीओमा सय रुपैयाँ हालेर सो कम्पनीको सेयर किन्ने लगानीकर्ताले हालसम्ममा सावाँ ब्याज गुमाइसकेका छन् । न्यून मूल्यमा बिक्री गर्न खोज्दा पनि कम्पनीको सेयर खरिद कर्ता भेट्याउन सकेका छैनन् । सिर्जना फाइनान्सले ६० प्रतिशत वोनस सेयर दिने घोषणा गरिसकेको छ । तर, सो फाइनान्सप्रति लगानीकर्तामा बिश्वास छैन् । “५० प्रतिशत भन्दा बढी वोनस सेयर दिने घोषणा गर्दा पनि सेयर मूल्य बढन सकेको छैन” सिर्जना फाइनान्स लिमिटेडका महाप्रवन्धक भवानीशंकर चापागाईले दुखेसो गरे । संस्थागत सुशासनको उलंघनका कारण राष्ट्र बैंकले नेपाल सेयर मार्केट्स, क्यापिटल मर्चेन्ट, हिमालय फाइनान्स, जनरल फाइनान्स, वल्र्ड मचेन्ट फाइनान्स, क्रिष्टल फाइनान्स र कुवेर मचेन्ट फाइनान्सलाई कारबाही गरेको छ । ती फाइनान्सको सेयर खरिद गर्ने लगानीकर्ताले भने आशा र भरोसा समेत गुमाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ