काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ दुई सय रुपैयाँ महंगो भएको छ । विहिबार प्रतितोला ५० हजार ९ सय रुपैयाँ कायम सुन विहिबार बढेर ५१ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको छ ।
यसैगरी चाँदीको भाउ भने स्थिर रही प्रतितोला सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रममा देखिएपछि नेपाली बजारमा पनि मूल्य बढेको हो ।
प्रतिक्रिया