वि.सं. २०८१ आश्विन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु मनी ट्रान्सफरको सुरक्षित रेमिट्यान्स तालिम

अर्थटुडे
२०७१ मंसिर ६, शनिबार

चितवन । प्रभु मनी ट्रान्सफरले आफ्ना एजेन्टहरुलाई सुरक्षित रेमिट्यान्स भित्र्याउने तालिम दिएको छ । सुरक्षित तवरबाट रेमिट्यान्स भित्र्याउ भन्ने नाराका साथ भएको तालिममा सिमा क्षेत्रमा हुने चोरी, डकैती तथा रेमिटन्सको माध्यमबाट हुने सम्पती शुद्धिकरणका मुद्धाबारे जानकारी दिइएको थियो ।DSC03531

तालिममा प्रभु मनी ट्रान्स्फरका तर्फबाट कम्प्लायन्स अफिसर श्याम राज गौतम, नारायणी अञ्चल इन्चार्ज भिम कार्की र प्रभु म्यानेजमेन्टका बजार व्यवस्थापक रोसन रखाल र प्राबिधिक बिष्णु घिमिरेले विदेश बाट सुरिक्षित तवरले प्रभु मनी ट्रान्सफर मार्फत पैसा पठाउने र पाउन सकिने तथा सम्पति सुद्धिकरण ऐन २०६४ ले व्यबस्था गरे अनुसार सहकारी, रेमिट्यान्स कम्पनी तथा रेमिट्यान्स सदस्य संचालक (एजेन्ट) हरु को काम, कर्तव्य र दायित्वबारे सहभागीहरुलाई जानकारी दिएका थिए ।

बुटवल, चितवन र सिमरामा संचालन गरिएको उक्त कार्यक्रममा रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी, चितवन, मकवानपुर, बारा र पर्साका प्रतिनिधी उपस्थित भएका थिए । उपस्थित सदस्य हरुले कार्यक्रम नौलो र ज्ञानवर्दक भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ