वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्ट ईस्योरेन्सले १५० % हकप्रद जारी गर्ने

अर्थटुडे
२०७१ मंसिर ७, आईतवार

काठमाडौं । एभरेष्ट ईस्योरेन्स कम्पनीले १ सय ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बिमा समितिले तोकेको २५ करोड चुक्ता पुँजी पुर्याउन कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको हो ।

evrest insurenceहाल १० करोड रुपैयाँ पुँजी रहेको कम्पनीको हकप्रद जारी भएपछि चुक्ता पुँजी २५ करोड पुग्नेछ ।

निर्जिवन बीमा कम्पनीको चुक्ता पूँजी कम्तिमा २५ करोड रुपैयाँ हुनुपर्नेमा एभरेष्टले सो पूँजी पुर्र्याउने समयसीमा आगामी असार मसान्तसम्म पाएको छ । कम्पनीका तत्कालीन अध्यक्ष राजेन्द्र खेतान कारबाहीमा परेपछि ईन्स्योरेन्स बीमा समितिको निगरानीमा रहेको थियो ।

बिमा समितिले चुक्ता पुँजी नपुर्याउने कम्पनीलाई नयाँ शाखा खोल्न र नगद लाभांस वितरणमा रोक लगाएको छ ।

हकप्रद सेयर वितरणको प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २३ गते विषेश साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि कम्पनीले हकप्रद जारी गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ