काठमाडौं । नेपाली बजारमा आईतबार सुन दुई सय रुपैयाँ महंगो भएको छ । शुक्रबार प्रतितोला ५१ हजार एक सय रुपैयाँ कायम रहेको सुन आईतबार बढेर प्रतितोला ५१ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी आईतबार चाँदी पनि १० रुपैयाँ बढेर प्रतितोला ७ सय १० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साताभरमा सुन सुन एक सय रुपैयाँ सस्तो भई शुक्रबार ५१ हजार रुपैयाँमा झरेको थियो भने चाँदी स्थिर रही साताभर स्थिर रही प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया