काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपत्यका बाहिरका सम्पुर्ण कार्यक्रमहरु रद्ध भएको पुष्टी भएको छ । भारतीय विदेशमन्त्रालयका प्रबक्ता सैयद अकबरुद्दिनले आइतबार विहान ट्विीट गर्दै लेखेका छन्—“सार्क सम्मेलनका क्रममा मोदीले काठमाडौंको मात्र भ्रमण गर्नुहुने छ ।”उनले अगाडी लेखेका छन् —स्वदेशमा गरिएका प्रतिबद्धताका कारण मोदीले काठमाडौं बाहिरका भ्रमण स्थगित गर्नुपरेको उनले बताएका छन् । भारतको जम्वुकस्मिर र झारखण्डमा हुदै गरेका विधानसभामा जानुपर्ने भएकोले पनि मोदीले आफ्नो भ्रमण छोट्याएको उल्लेख गरिएको छ ।
काठमाडौं बाहिर लुम्विनी, जनकपुर र मुक्तिनाथको भ्रमणमा प्रधानमन्त्री मोदी उपयुक्त समय मिलाएर आउने जनाउँदै प्रबक्ताले भनेका छन् —“मूलुकभित्र गरेका केही उपेक्षा गर्ने नसक्ने आन्तरिक प्रतिबद्धता र भ्रमण तालिकाका कारण सार्कका बेला उहाँले काठमाडौँंको मात्र भ्रमण गर्नुहुने छ ।”
मोदी भारतको प्रधानमन्त्री भएपछि पहिलोपटक नेपाल भ्रमण गर्दा लुम्बिनी, जनकपुर र मुक्तिनाथको भ्रमण गर्ने इच्छा देखाएको र सार्क सम्मेलनकै क्रममा उहाँले ती ठाउँको भ्रमण गर्ने सोच बनाएपनि समयले साथ नदिएपछि स्थगित गर्नुपरेको प्रबक्ताले प्रष्ट्याएका छन् ।
प्रतिक्रिया