काठमाडौं । औद्योगिक प्रर्वद्धन वोर्डले क्यासिनोलाई पर्यटन उद्योग अन्तरर्गत वर्गिकरण गर्ने निर्णय गरेको छ । बोर्डको आईतबार बसेको ११२ औ बैठकले क्यासिनोलाई पर्यटन उद्योग अन्तर्गत बर्गीकरण गरी राजपत्रमा सूचना प्रकाशित गर्नको लागि मन्त्रीपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यसैगरी बोर्डले विदेशी लगानीमा स्थापित नेपाली कम्पनीले अर्को नेपाली कम्पनी किन्न चाहेमा उद्योग विभागको स्विकृति लिई सेयर खरिद विक्री गर्न पाउने पनि निर्णय गरेको छ ।
बोर्डको अध्यक्ष एवं उद्योग मन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको सो बैठकले टेलरिङ व्यवसायलाई सेवामूलक उद्योगको रुपमा वर्गिकरण गर्ने र व्यवसायमा बैदेशिक लगानी हुन नदिइने निर्णय गरेको छ ।
त्यस्तै वोर्डको वैठकले जुट, स्टिल र धागो जस्ता उद्योगमा दिंदै आएको छुट दिनको लागि अर्थ मन्त्रालयलाई आवश्यक सिफारिस गर्ने पनि निर्णय गरेको उद्योग मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया