काठमाडौं । आईतबार नेप्से परिसुचक ६.६५ अंकले बढेर ८६९.१५ अंकमा अडिएको छ । कारोबार खुलेदेखि नै बढ्ने क्रममा रहेको नेप्से १ बजेसम्ममा ८८३ अंकमा पुगेको बजार त्यसपछि भने ओरालो लाग्न थालेको हो ।
आईतबार फाइनान्स कम्पनीहरुको समूहगत परिसुचक बाहेक अन्य कम्पनीहरुको समूहगत परिसुचक बढेको छ । यस दिन जलविद्युत कम्पनीहरुको सेयर बढी कारोबार भएको छ ।
कारोबार शुरु भएदेखि बजार बढेपनि ठुलोरठुलो परिमाणमा सेयर किनबेच नभई स—सानो कित्ताको दरमा भईरहेको थियो भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । एभरेष्ट बैंक लिमिटेडले सवैभन्दा बढी कमाएको छ भने यस दिन २६ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर किनवेच भएको छ ।
प्रतिक्रिया