काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंकले सर्वसाधारण लगानीकर्ताको हिस्सा २० प्रतिशतबाट बढाउनको लागि ४७ लाख कित्ता साधारण सेयर निष्काशनको तयारी गरेको छ । बैंकमा संस्थापक र संस्थागत लगानीकर्ताहरुको हिस्सा ८० प्रतिशत रहेको छ । तर राष्ट्र बैंकले संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्न बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ । सो निर्देशनलाई पालना गर्नका लागि ईन्भेष्टमेन्ट बैंकले साधारण सेयर निष्कासन गर्न लागेको हो ।
अन्य बैंक तथा बित्तीय संस्थाहरुले १९ प्रतिशत संस्थापक शेयर साधारण शेयरमा परिवर्तन गरे पनि ईन्भेष्टमेन्ट बैंकलाई त्यसो गर्न अनुमति प्राप्त भएको छैन् । त्यसैले प्रिमियममा शेयर निश्काशन गरेर सर्वसाधारणको हिस्सा बढाउन लागिएको हो ।
ईन्भेष्टमेन्ट बैंकमा रहेको क्रस होल्डिङ समाप्त गर्न हालै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो नाममा रहेको ईन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत अर्थात ६२ लाख कित्ता शेयर लिलाम गर्ने प्रयास गरे पनि महंगो मुल्य भएका कारण १० लाख कित्ता सेयर मात्र विक्रि भएको थियो ।
नेपाल ईन्भेष्टमेन्ट बैंक नेपालमा धेरै चुक्ता पूँजी भएको दोस्रो ठूलो बाणिज्य भए पनि प्रिमियममा शेयर निश्काशन गरेपछि धेरै चुक्ता पूँजी भएको पहिलो बैंक हुनेछ ।
बैंकले विगतका बर्षहरुमा लगानीकर्ताहरुलाई निरन्तर आकर्शक बोनस शेयर र नगद लाभांश दिदै आएको छ । गत बर्षको नाफाबाट बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश दिएको छ ।
प्रतिक्रिया