वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सार्क शिखरसम्मेलनलाई ध्यानमा राखी राष्ट्र बैंकले छाप्यो चाँदीका सिक्का,प्रतिसिक्का २ हजार पर्ने

अर्थटुडे
२०७१ मंसिर ८, सोमबार

काठमाडौ। नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का निकाल्न सोमबारदेखि सुरु गरेको छ । nepal rastra bankअठारौँ सार्क शिखर सम्मेलनका अवसरमा निकालिएको सिक्कामा अगाडि सार्कको प्रतीक चिह्न र पछाडि गौतम बुद्ध र मायादेवीको चित्र अङ्कित हुनेछ ।

बैंकका प्रवक्ता मनमोहन श्रेष्ठका अनुसार ५०० वटा सिक्का नमुनाका लागि छाप्ने काम सोमबारदेखि सुरु भएको छ । तीन हजारवटा चाँदीको सिक्का छापिने छ । सो सिक्का २५ ग्रामको हुनेछ । प्रतिसिक्का दुई हजार रुपैयाँ मूल्य बराबरको हुनेछ । बाँकी सिक्का भने सार्क शिखर सम्मेलन सकिएपछि छापिने श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ