वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

म्हेपी सहकारी विरुद्ध उजुरी, सघन अनुगमन गरी कारवाही गर्न माग

अर्थटुडे
२०७१ मंसिर ९, मंगलवार

काठमाडौं । म्हेपी बचत तथा ऋण सहकारीमा अनिमियतता भएको भन्दै डिभिजन सहकारी कार्यालय काठमाडौंमा उजुरी परेको छ । संस्थाका निवर्तमान सचिव समेत रहेका कृष्ण नारायण श्रेष्ठले आफ्नो निक्षेप बचत खाता देखि शेयर खाता सवै संस्थाले मन्जुरीविना बन्द गरि सेयर सदस्यतावाट बञ्चित बनाएको भन्दै उजुरी गरेका छन् ।

mhepy houseकेही दिन अघि देखि कार्यालय कर्मचारी र स्वयम कार्यकारी अध्यक्ष नारायण बहादुर श्रेष्ठले फोनवाट अन्य संस्थाको पनि शेयर सदस्य भएको भन्दै पटक पटक सेयर सदस्यतावाट राजिनामा दिन धम्कीपूर्ण भाषाले दवाब दिएको भएपनि आफुले संस्थापकको नाताले त्यतिकै छोडन असहमति जनाएको श्रेष्ठले बताए ।

तर संस्थाले भने उनको स्विकृती वेगर सेयर सदस्यता खारेज गरी उनको बचत र सेयरमा रहेको रकम प्रतिफल नआउने खातामा सारेको जानकारी दिएको थियो ।

उजुरीमा संस्थाले सहकारी ऐन विपरित गैर सदस्यसंगको कारोवार गरेको, १६ नपुगेका नावालकलाई सेयर सदस्यता दिएको कोषाध्यक्षले प्रमाणीकरण गर्नुपर्ने खर्चका भौचरहरु सवै कार्यकारी अध्यक्षले गरेको, संचालक समितिमा सहोदर भाई भतिजा बसेको, संस्थावाट दिएको ऋण नउठेपछि धितो राखेको जग्गा लिलामी सूचनामा धितो जमानी बस्नेमा नाम प्रकाशित भएका व्यक्ति कार्यकारी अध्यक्ष भएको उल्लेख गर्दै सघन अनुगमन गरी कारवाही गर्न माग गरिएको छ ।

डिभिजन सहकारी कार्यालय काठमाडौंमा परेको उजुरी

RAt...

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ