वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतसँग १० सम्झौतामा हस्ताक्षर, बन्ने भयो अरुण तेस्रो जलविद्युत आयोजना

अर्थटुडे
२०७१ मंसिर १०, बुधबार
  • अरुण तेस्रोको पिडिए
  • १ खर्व सहुलियत ऋण दिने
  • काठमाडौं—दिल्ली सिधा बस सेवा संचालन
  •  प्रहरी एकेडेमी
  •  पर्यटन
  • परम्परागत आयुर्वेद
  •  युवा मामिला
  • विभिन्न नगरपालिकासँगको भगिनी सम्झौता 

काठमाडौं । नेपाल र भारतबिच अरुण तेस्रो जलविद्युत आयोजनासहित १० वटा सम्झौता भएको छ । अरुण तेस्रोको पिडिए, १ खर्व सहुलियत ऋण दिने, काठमाडौं—दिल्ली सिधा बस सेवा संचालन, प्रहरी एकेडेमी, पर्यटन, परम्परागत आयुर्वेद, युवा मामिलाका साथै विभिन्न नगरपालिकासँगको भगिनी सम्झौता भएको हो ।
नेपाल सरकार र भारतीय कम्पनी सतलज जलविद्युत निगमबीच मंगलबार राजधानीमा नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत जलविद्युत आयोजना बनाउने औपचारिक सम्झौता भएको हो ।

Nepal & india
नेपालका प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा लगानी बोर्ड र सतलजबीच सहमतिमा हस्ताक्षर भएको हो । सहमति पत्रमा बोर्डका अध्यक्ष राधेश पन्त र सतलजका अध्यक्ष आरपी सिंहले हस्ताक्षर गरे । सम्झौतापछि अरुण तेस्रोको बन्ने पक्का भएको छ ।

सम्झौता पत्रमा आयोजना निर्माणमा सतलजले १ खर्ब ४ अर्ब रुपैयाँ लगानी गरी अरुण नदीबाट नौ सय मेगावाट विजुली उत्पादन गर्नेछ । संखुवासभा जिल्लामा बन्ने यो आयोजनाबाट नेपालले एक सय ९७ मेगावाट विजुली निशुल्क प्राप्त गर्नेछ । त्यस्तै आयोजना प्रभावित छ गाविसका जनताले हरेक महिना ३० युनिट विजुली र ६ प्रतिशत शेयर प्राप्त गर्नेछन् । आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गरिने छ भने नेपाल सरकारले २५ बर्षमा १ खर्ब ७ अर्ब रोयल्टी, ८६ अर्ब कर र निशुल्क बिजुली वापत १ खर्ब ५५ अर्ब रकम प्राप्त गर्नेछ । २५ बर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण हुनेछ ।

यसैगरी दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा भएको १ खर्व सहुलियत ऋण दिने—लिने सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयका बैदेशिक सहायता समन्वय महाशाखा प्रमुख मधुकुमार मरासीनी र भारतिय एक्जिम बैंकका उपकार्यकारी निर्देशकले हस्ताक्षर गरे । अब नेपालले आयोजना छनोट गरेपछि एक्जिम बैंकले लगानी गर्नेछ । यो रकम जलविद्युत, सडक र सिचाईका क्षेत्रमा लगानी गरिने मरासनीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ