काठमाडौं । लामो समयदेखि नेपालमा प्रतिवन्ध लागेको एक हजार र ५ सयका भारतिय रुपैयाँको कारोबार खुल्ने भएको छ । सार्क सम्मेलनका लागि नेपालमा रहेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा ठुला दरका भारु खुल्ला गर्न लागिएको जानकारी दिए । विगमा नक्कली नोटको विगविगी रोक्न प्रतिवन्ध लगाएपनि अब खुल्ला गर्न सकिने उनले बताए ।
भारतले जाली नोटको प्रयोग बढेको भन्दै सन् २००० मा बैदेशिक विनिमय ऐन जारी गर्दै नेपाल र भुटानमा एक हजार र ५ सयको नोट प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
ठुला दरका नोटको कारोबार खुल्ला भएपछि भारतमा काम गर्न जाने नेपालीलाई सबैभन्दा बढी फाइदा हुने राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठले बताए । प्रतिबन्ध फुकुवा भएको औपचारिक जानकारी आएपछि नेपालमा कारोबार खुल्ला गरिने उनले बताए ।
प्रतिक्रिया