वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तामाकोसीको सेयरका लागि स्थानीयवासीको तथ्यांक संकलन, माघबाट निष्कासन

अर्थटुडे
२०७१ मंसिर ११, बिहीबार

काठमाडौं । तामाकोसी जलविद्युत आयोजनमा सेयर लगानीका लागि स्थानीयवासीको तथ्यांक मंसिर ११ गतेबाट सुरु भएको छ । जिल्लाभरका नागरिकको स्पष्ट तथ्यांक नभएका कारण जिल्ला विकास समितिले तथ्यांक संकलन गर्न लागेको हो । जिल्लाका राजनीतिक दलहरुले सर्वसाधारणको तथ्यांक संकलन गरेर मात्र सेयर निश्कासन गर्न दवाद दिएपछि जिविसले लगत संकलनमा लागेको हो ।

tamakoshi

जिविसले पुसको अत्यसम्ममा तथ्यांक संकलन गरिसक्ने लक्ष्य राखेको छ । त्यसपछि माघबाट सेयर निश्कासनका लागि सहज हुनेछ ।

आयोजनाको निश्कासन तथा विक्री प्रवन्धक नागरिक लगानी कोष रहेको छ ।

आयोजनाको सेयर दशैअघि नै निश्कासन गर्ने तयारी गरेपनि दलहरुले निश्कासन मोडालिटीमा विरोध गरेपछि पछि धकेलिएको हो ।

आयोजनाबाट स्थानीयबासीले १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता सेयर पाउनेछन् ।

यसैगरी नेपाल विद्युत प्राधिकरण ४१ प्रतिशत, नेपाल टेलिकम ६, नागरिक लगानी कोष २, राष्ट्रिय बिमा संस्थान २, कर्मचारी संचय कोषका संचयकर्ता १७.२८, सर्वसाधारणलाई १५ र आयोजना ऋण लगानीकर्ता संस्थाका कर्मचारीलाई २.८८ तथा विद्युत प्राधिकरणका कर्मचारीलाई ३.८४ प्रतिशत सेयर पाउनेछन् ।
दोलखाको लामाबगरमा निर्माणाधिन तामाकोसी आयोजनाको ७० प्रतिशत काम पुरा भइसकेको छ । अहिलेसम्म ऋण र संस्थापकहरुको सेयरले मात्र आयोजनाका काम भइरहेको छ ।
आयोजनामा

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ