वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोबल आईएमईलाई ‘बैंक अफ दि इयर २०१४’ अवार्ड

अर्थटुडे
२०७१ मंसिर १४, आईतवार

काठमाडौं । ग्लोबल आईएमईलाई बैंक बेलायतबाट प्रकाशित हुने द बैंकर पत्रिकाले दिने ‘बैंक अफ दि इयर २०१४’ अवार्डबाट सम्मानीत भएको छ । बैंकरले विश्वका १ सय ४९ देशमा संचालित बैंकलाई अवार्ड प्रदान गर्दै आएकोमा नेपालका बाणिज्य बैंकहरुबाट ग्लोबल आईएमईले अवार्ड पाएको हो ।

global-ime-bank
मंसिर ११ गते लण्डनमा आयोजित कार्यक्रममा उक्त अवार्ड ग्रहण गरिएको बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए ।

बैंकको तिन वर्षको प्रगतिका आधारमा उक्त अवार्ड प्राप्त गरिएको ढकालले बताए । ‘बैंकको पुँजी वृद्धी, मर्जरमा पाएको सफलता र बैंकिङ पहुँच विस्तारमा गरेको योगदानले नै हामी सम्मानीत भएका हौं’ ढकालले भने ।

८ वर्षअघि ग्लोबल बैंकको रुपमा १९ औं बाणिज्य बैंकमा आईएमई र लर्डबुद्ध फाइनान्स, सोसीयल र गुल्मी डेभलपमेन्ट बैंक तथा कमर्ज एण्ड ट्रस्ट बैंक मर्ज भइसकेका छन् ।

हाल बैंकसँग ५ अर्व १० करोड पुँजी, ५३ अर्व निक्षेप संकलन र ५५ अर्व कर्जा लगानी रहेको छ । बैंकले ८४ शाखा, ८४ एटिएम काउन्टर, ३१ शाखारहित बैंकिङ सेवाबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ