काठमाडौं । मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले आर्थिक वर्ष २०७०\०७१ को नाफाबाट ४० प्रतिशत प्रतिफल पाउने भएका छन् । बैंकको साधारणसभाले ३८ प्रतिशत वोनस सेयर र त्यसमा लाग्ने करका लागि २ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।
गत आवमा बैंकले ५ अर्व १९ करोड निक्षेप संकलन र ४ अर्व ४४ करोड कर्जा लगानी गरि २३ करोड ८६ लाख संचालन नाफा गरेको प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले जानकारी दिए ।
साधारणसभाले बैंकको सेयर स्वामित्व परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । यसैगरी सञ्चालक समितिको संरचना परिवर्तन गरी संस्थापकवाट ४ जना, सर्वसाधारणवाट ३ जना र व्यवसायिक विशेषज्ञ १ जना रहने गरी ८ जनाको सञ्चालक समिति रहने व्यवस्था गरेको छ ।
प्रतिक्रिया