काठमाडौं । सोमबार नेप्से सूचक ५।४५ अंकले घटेर ९५१।५३ अंकमा झरेको छ । आइतबार पनि नेप्से घटेको थियो । यस दिन उत्पादनमूलक र अन्य समूहबाहेक सबै समूहगत सूचकहरु घटेका छन् । अन्य समूहको सूचक ३।५३ अंकले बढ्यो भने उत्पादनमूलकको सूचक १.१७ अंकले बढेको छ भने बीमा र जलविद्युत् समूहको परिसूचकमा सबैभन्दा धेरै गिरावट आयो। धितोपत्र बोर्डका निर्देशक गिरी भन्छन् : रिक्स मुल्यांकन गरी ब्याकअप बनाएर मात्र बजारमा आउनुपर्छ
सोमबार बाणिज्य बैंक समूहको मात्रै ५ करोड ९३ लाख रुपैयाँको काराबोर भयो । सोमबार नेप्सेमा १ सय २४ कम्पनीका ३ लाख ८७ हजार कित्ता सेयर १३ करोड ९६ लाख रुपैयाँमा किनबेच भएको छ । यो दिन एभरेष्ट बैंकले सवैभन्दा बढी एक करोड ४७ लाख रुपैयाँ बरबरको कारोबार गरेको छ ।
प्रतिक्रिया