वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेट भन्दा बढी व्यापारघाटा !

अर्थटुडे
२०७१ जेष्ठ २९, बिहीबार

काठमाडौं । केही वर्षयता मूलुकको व्यापार घाटाको डरलाग्दो रुपमा बढ्दै गएको छ । पछिल्लो दश महिनामा मात्र ५ खर्व ८० अर्व ९३ करोड रुपैयाँ व्यापार घाटा भएको राष्ट्र बैंकले जनाएको छ । यो गत वर्षको तुलनामा २८ प्रतिशतले बढेको हो । यो नेपालको कुल बजेट भन्दा पनि बढी हो । चालु आर्थिक वर्षको लागि मुलुकको कुल बजेट ५ खर्व १७ अर्व बराबरको रहेको छ । गतवर्ष व्यापारघाटा २२.७ प्रतिशतले बृद्धि भएको थियो ।

यसैगरी व्यापार घाटा बढ्दै जाने हो भने चालु आर्थिक वर्षको अन्त्य सम्ममा व्यापारघाटा साढे ६ खर्व पुग्ने अर्थसास्त्रीहरुको दावी छ । व्यापारघाटा बढ्दा देशको आर्थिक अवस्था झनै दयनीय हुदै जाने उनीहरुको दावी रहेको छ । गत वर्ष आयात १९.७ प्रतिशतले बढेर ४ खर्ब ५८ अर्ब ५६ करोड रुपैयाँ पुगेको थियो । निर्यातसँग आयातको तुलना गर्ने हो भने पनि कयौ गुणा बढी आयात भएको देखिन्छ । उपभोग्य बस्तुको खपत बढी भएकोले पनि व्यापारघाटा उच्च दरमा बढेको अर्थशास्त्रीहरुको भनाइ छ ।

यस अवधिमा नेपालबाट कुल वस्तु निर्यात १८.६ प्रतिशतले बढेर ७५ अर्ब १२ करोड रुपैयाँ मात्र पुगेको छ । गत वर्षको यसै अवधिमा निर्यात ४ प्रतिशतले मात्र बढेर ६३ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको दश महिनाको निर्यात भने ७५ अर्व १२ करोड मात्र रहेको छ । कुल व्यापार घाटामध्ये भारतसँगको घाटा यस अवधिमा २९.६ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फको घाटा २४.९ प्रतिशतले बढेको छ ।

कुल आयातमध्ये भारतबाट भएको आयात २८.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३.७ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा भारतबाट भएको आयात २२.१ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १५ प्रतिशतले बढेको थियो । अन्य मुलुकतर्फको निर्यात गत वर्ष ८.५ प्रतिशतले बढेकोमा यस वर्ष १६.१ प्रतिशतले बढेको छ । नेपालबाट भारततर्फ खासगरी जिङ्क शिट, अलैंची, गिट्टी तथा बालुवा र जुस लगायतको निर्यात बढेकोे छ भने अन्य मुलुकतर्फ विशेषगरी ऊनी गलैचा, तयारी पोशाक, जडीवुटी र पश्मिना लगायतको निर्यातमा वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

भारतबाट पेट्रोलियम पदार्थ, सवारी साधन तथा पाटपूर्जा, हटरोल्ड शिट इन क्वायल र धागो लगायतको आयात बढेको कारण त्यसतर्फको आयात उच्च दरले बढेको हो । अन्य मुलुकबाट सुपारी, कच्चा सोयाविन तेल, पोलिथिन ग्रान्युयल्स, यातायातका साधन तथा पाटपूर्जा लगायतको आयात बढेको कारण त्यसतर्फको आयात बढेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ