भैरहवा । सेवा विकास बैंकका लगानीकर्ताले २० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको साधारणसभाले सेयर धनीलाई २० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करवापत १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभाले बैंकको सञ्चालक समितीमा केशवप्रसाद भण्डारी, कल्पना श्रेष्ठ र विश्वेश्वर सुवेदीलाई चयन समेत गरेको छ ।
यसैगरी बैंक अन्य बित्तिय सस्थासँग मर्जर प्रकृया अघि बढाउन सञ्चालक समितीलाई अधिकार दिएको छ ।
बैंकले हालसम्म ३ अर्ब १९ करोड निक्षेप संकलन गरी २ अर्ब ४७ करोड कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया