वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबी बैंकमा तीनवटा विकास बैंक गाभिने, क्लिन इनर्जीसँग पनि सम्झौता

अर्थटुडे
२०७१ मंसिर १६, मंगलवार

काठमाडौं । एनएमबी बैंक र क्लिन इनर्जी डेभलपमेन्ट बैंकबीच मर्ज हुने भएको छ । दुवै बैंकबिच मर्जरका लागि मंगलबार औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा एनएमबीका सञ्चालक कमलेशकुमार अग्रवाल र क्लिन इनर्जीका सञ्चालक लक्ष्मीप्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।

NMB bankएनएमबीले असोज १३ गते पाथिभरा विकास बैंक, भृकुटी डेभलपमेन्ट बैंकसँग मर्जर सम्झौता गरिसकेको छ । अब एनएमबी बैंकमा तिनवटा विकास बैंक गाभिने भएका छन् ।

मर्जरपछि बन्ने नयाँ बैंकको नाम एनएमबी बैंक नै रहने सहमति भएको छ । यस्तै एनएमबीका २९ शाखा र ४ एक्सटेन्सन काउन्टर, क्लिन इनर्जीको १० शाखा, पाथिभराको १२ शाखा र भृकुटीको १६ शाखा तथा ३ एक्सटेन्सन काउन्टर गरी बैंकको ६७ शाखा र ७ एक्सटेन्सन काउन्टर हुनेछ । यसैगरी हाल एनएमबीको ३३ वटा एटीएम काउन्टर रहेकामा मर्जपछि क्लिन इनर्जीको ४ र पाथिभराको १ गरी ३८ वटा एटीएमहरू पुग्नेछ ।

मर्जरपछि बैंकको कुल पुँंजी तथा जगेडा कोषमा ५ अर्ब ४८ करोड हुनेछ भने निक्षेप ४२ अर्ब ४४ करोड निक्षेप र ३३ अर्ब ९७ करोड कर्जा लगानी हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ