काठमाडौं । इन्टरनेशनल मनि एक्सप्रेस (आईएमई)ले सहज रुपमा रेमिट्यान्स सेवा दिनका लागि मोवाईल एप्प सेवा शुरु गरेको छ । यस एपबाट ग्राहकहरुले नजिकको एजेन्ट लोकेशन, पठाउन चाहेको रकमका लागि लाग्ने शुल्क, आफनो ट्रान्जेक्शनको पछिल्लो स्थिति तथा आईएमईका विभिन्न योजना तथा गतिविधि जानकारी पाउने कम्पनीले जनाएको छ ।
आईएमईले हाल ७५ जिल्लाका ३ हजार २ सय बढी एजेन्ट\सब–एजेन्ट र १ सय १० आईएमई सेन्टरमार्फत् रेमिट्यान्स सेवा दिदै आएको छ ।
प्रतिक्रिया