काठमाडौं । एनआईबीएल क्यापिटलले ल्याएको म्युचुअल फण्ड (सामूहिक लगानी कोष) ‘एनआईबीए सम्वृद्वी योजना–१’ को बुधबारवाट बिक्री खुल्ला भएको छ । प्रति इकाई १० रुपैयाँ रहेको फण्डमा लगानी गर्न चाहाने सर्वसाधारणले न्युनतम १ सय देखि ८० लाख ईकाईसम्म आवेदन गर्न सक्नेछन् । एनआईबीएल क्यापिटल लालिम्पाटका साथै नेपाल ईन्भेष्टमेन्ट बैंकका देशभर रहेका सबै शाखाबाट आवेदन गर्न सकिने यस निष्कासन मंसिर २१ गतेसम्म खुल्ला रहनेछ ।
एनआईबीएल क्यापीटल नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी हो ।
बन्दमुखी योजनाको अवधि ७ वर्षको छ । ७ वर्षपछि लगानीकर्ताले साँवासहित सम्पूर्ण आम्दानी पनि फिर्ता पाउनेछन् । साथै, योजनाले लगानीकर्तालाई ७ वर्षको अवधिमा लाभांशसमेत वितरण गर्न सक्छ । योजनाले वार्षिक १५ देखि २० प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ ।
योजना निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनआईबीएल क्यापिटल छ । एनआईबीएल क्यापिटलले योजना व्यवस्थापक र डिपोजिटरको कामसमेत गर्नेछ । इक्रा नेपालको रेटिङमा नेपाल इन्भेष्टमेन्ट बैंकले ‘ए’ ग्रेड पाएको छ भने एनआईबीएल क्यापिटलले एएमसी थ्री पाएको छ ।
योजनाको रकम सेयर, सेयर उपकरणका साथै मुद्दती निक्षेपमा लगानी हुने कम्पनीले जनाएका छन् । योजनाको महाप्रवन्धकमा मेखबहादुर थापा रहेका छन् ।
जोखिम कम लिन चाहने लगानीकर्ताका लागि पनि म्युचुअल फण्डको एकाइमा लगानी उपयुक्त हुने विज्ञहरु बताउछन् ।
अहिले बजारमा सिद्वार्थ क्यापिटका २, नविल क्यापिटलको १ र एनएमबी क्यापीटलको एक गरी ४ वटा म्युचुअल फण्ड बजारमा रहेका छ । एनएमबीको म्यचुलअ फण्ड भने कारोबारका लागि स्टक एक्सचेन्जमा सुचिकृत हुन बाकी छ ।
प्रतिक्रिया