काठमाडौं । मेगा बैंकले ८.५ प्रतिशत व्याजदरमा सेयर धितो कर्जा दिने भएको छ । बाणिज्य बैंकहरुको सेयर धितो राखी बैंकले लगानी गर्न लागेको हो । १८० दिनको औसत सेयर मूल्यको ५० प्रतिशत रकम दिइने योजनामा एक लाखदेखि १ करोडसम्म लगानी गरिने र सेवा शुल्क १ प्रतिशत तोकेको छ ।
बैंकले सेवा संचालनमा ल्याएको एक सातामै कर्जाका लागि एक हजार भन्दा बढी लगानीकर्ताले आबेदन गरिसकेको बताएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सेयर धितोमा कर्जा प्रबाह बढाउने रणनीति अनुरुप ठूलो रकम परिचालन गर्न लागेको जानकारी दिए ।
सेयर धितो राखेर कर्जा लिई फेरि सेयर बजारमै लगानी थप्ने भएकाले घट्दो बजार पनि सुधार हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया