काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनामा व्यापक भ्रष्टाचार भएको निश्कर्ष निकालेको छ । समितिले आयोजनामा ५५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको ठहर गर्दै १० दिनभित्र कारवाही गरी जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो ।
समितिले आयोजाको रकम हिनामिनामा उर्जा मन्त्री, सचिव र आयोजनाका अन्य उच्च अधिकारीहरुको सग्लनता रहेको बताएको छ । तर, दोषीहरुको नाम भने खुलाईएको छैन् ।
दार्चुला जिल्लामा निर्माणाधिन सो आयोजना सन् २०११ मा बनिसक्नु पर्नेमा भ्रष्टाचारका कारण हालसम्म पनि निर्माण पुरा हुन सकेको छैन् । ३० मेगावाट क्षमताको सो आयोजनाको सुरु ठेक्का २ अर्व ८८ करोड रुपैयाँमा दिईएकोमा भेरिएसन गरेर ७ अर्व ५१ करोड रुपैयाँ पुर्याएर रकम हिनामिना गरिएको समितिको निष्कर्ष छ ।
प्रतिक्रिया