काठमाडौं । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा उपेन्द्र पौडेल निर्विरोध निर्वाचित हुने भएका छन् । अध्यक्षमा पौडेलको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने भएका हुन् ।
पौडेल एनमएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत र हाल संघका उपाध्यक्ष हुन् ।
संघको साधारणसभा शुक्रबार हुदैछ । उम्मेदवारी मनोनयनका लागि मंगलबारसम्म समय तोकिएको थियो ।
यसैगरी संघको दुई उपाध्यक्षमध्ये एकका लागि मेगा बैंकका सिईओ अनिल शाहले मनोनयन दता गरेका छन् । हाल संघमा एउटा उपाध्यक्ष पद खाली छ । ग्रान्ड बैंकका सीईओ सुधिर खत्री बाहिरिएपछि पद खाली छ ।
संघको आठ सदस्यहरुमा ग्लोबल आईएमई बैंकका सीईओ रत्नराज बज्राचार्य, नबिलका अनिल ज्ञवाली, बैंक अफ काठमाण्डूका अजय श्रेष्ठ, सनराइज बैंकका सुरेन्द्रमान प्रधान (हालै राजीनामा दिएका), सिभिल बैंकका किशोर महर्जन, राष्ट्रिय वाणिज्य बैंकका कृष्णप्रसाद शर्मा, स्ट्यान्डर्ड चार्टर्ड बैंकका पीजे सिलभानुस र सानिमा बैंकका भुवन दाहाल रहेका छन् ।
संघको अध्यक्षमा भने सिटिजनस् बैंकका सिईओ अध्यक्ष राजनसिंह भण्डारी छन् ।
प्रतिक्रिया