काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ८.५ प्रतिशत लाभांस बाड्ने भएको छ । उक्त लाभांसमध्ये ७ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांस रहेको छ ।
बैंक संचालक समितिले गरेको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंक चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंक १७७ प्रतिशतले खुद घाटामा गएको छ ।
प्रतिक्रिया