काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । फाइनान्स कम्पनीको विसौ बार्षिक साधारणसभाले बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो ।
फाइनान्सले चुक्तापुँजी बृद्धि गर्नका लागि सो बोनस सेयर दिन लागेको हो । सो सेयर प्रदान गरेपछि फाइनान्सको चुक्तापुँजी १९ करोड ७१ लाख रुपैयाँ पुगेको छ । फाइनान्सले गत आर्थिक वर्ष २०७०र ७१मा चार करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
प्रतिक्रिया