काठमाडौं । सानिमा बैंकले दशौं बार्षिकोत्सवको उपलक्ष्यमा पाँच लाख रुपैयाँ बराबरको ‘सानिमा राष्ट्रिय पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कार प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने एकजना व्यक्तिलाई वा संयुक्त रुपमा प्रदान गरिने बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।
पुरस्कार प्रदान गर्दा पत्रकारिता क्षेत्रसगं सम्बद्ध निकायसंग सहकार्य र समन्वय गरिने विज्ञप्तिमा छ । साथै सो पुरस्कार पत्रकारिता क्षेत्रमा प्रदान गरिने सवैभन्दा बढी राशीको पुरस्कार रहेने बैंकको दावी रहेको छ ।
बैंकले २६ अर्ब ९३ करोड रुपैयाँको निक्षेप संकलन गरेको छ भने २३ अर्ब ३८ करोड रुपैयाँको कर्जा लगानी छ । बैंकले आगामी दिनमा पनि सम्पुर्ण सरोकारवालाहरुको सहयोग र सद्भावका साथ गुणस्तरीय वित्तिय सेवा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ ।
प्रतिक्रिया