कारोवारमा आएका कतिपय संस्था तथा कम्पनीको अहिले पनि नियामक निकाय नै छैनन्, जुन कम्पनीहरुको वजार हिस्सा र अनुपात विस्तारीदै गएको छ । जलविद्युत, होटेल समुह र अन्य केहि कम्पनीहरु नियामक निकाय विहिन छन् ।
विभिन्न कम्पनीहरुले आकर्षक रुपले प्रतिफल तथा लाभांशहरु घोषणा गरीरहेका छन् । त्यसैगरी वित्तिय औजारहरुले पनि सापेक्षिक नतिजा उपलव्ध गराई रहेका छन् । वित्तिय तरलताको अभाव वजारमा देखिदैन । तसर्थ सेयर वजारले नया उचाई लिनुको विकल्प छैन, अर्थात वजार वढ्नुको विकल्प छैन ।
नेप्सेको आधार वर्ष देखि आजको अवस्थालाई औसत वार्षिक वृद्धिदर १२ प्रतिशमा रहेको देख्न सकिन्छ । विएस्ई सेन्सेक्सको वृद्धिदरलाई आधार मान्ने हो भने नेप्सेको अंक अहिलेका लागि २५०० लगभगमा रहनुपर्ने देखिन्छ ।
पुँजी वजारमा उतारचढाव हुनु स्वभाविक र यो सिजनल सिग्नल पनि हो । विभिन्न वित्तिय सुचकहरु विश्लेषण गर्दा वजार खस्कने अवस्थामा छैन, वढ्ने नै देखिन्छ । केहि मात्रामा लगानीकर्ताको आत्मविश्वास खस्केको छ र लगानीकर्तालाई भने धैर्य भएर लगानी गर्न प्रेरित गर्नुपर्ने आवश्यक्ता देखिन्छ ।
लगानीकर्ताले वित्तिय सुचक र प्रतिफल भन्दा पनि राजनीतिक माहोल नियाल्ने गरेका छन् । तर, समग्र आर्थिक सुचकहरुलाई विश्लेषण गर्ने हो भने वजारको वियरिस रुप असान्दर्भिक नै हो ।
पुँजी वजारमा उतारचढाव हुनु स्वाभाविक हो । वियरिसको रुप पनि निश्चित मात्रामा सान्दर्भिक नै रहन्छ । तर, विगतको नेप्सेको प्रवृतिलाई हेर्ने हो भने अहिलेको रुपलाई असान्दर्भिक नै मान्न सकिन्छ । किनकी विगतको नेप्सेको प्रवृति पनि वियरिस–वुलिश र वुलिश–वियरिस भन्दा पनि निरन्तर लहडमा चलेको देखिन्छ । अर्थात एकै ढंगले वुलिस–वुलिस वा वियरिस–वियरिस प्रवृति जतिवेला नेप्सेमा देखिन्छ त्यो निश्चय नै असान्दर्भिक नै हुन्छ ।
बजार सकारात्मक हुनुपर्ने कारण
व्याजदर, लगानीको प्रतिफल तथा औजारहरुको विश्लेषणका तथ्यांकहरु वजारको लागि अहिले सकारात्मक नै देखिन्छ । वैंक, बीमा लगायतमा कम्पनीहरुले गर्ने लगानीको दायरा पनि खुकुलो र व्यापक वन्दै गएको छ । जसकाकारण कम्पनीहरुको आगामी वर्षहरुमा परफरमेन्स राम्रो हुने प्रक्षेपण गर्न सकिन्छ । बासेल तेश्रो संस्करण पनि लागु हुने कुराहरु सार्वजनिक भैरहेको छ । लगानीको लागि उपलव्ध पुँजीको लागत तथा व्याजको दर लगानी अुनुकुल छ । विभिन्न कम्पनीहरुले आकर्षक रुपले प्रतिफल तथा लाभांशहरु घोषणा गरीरहेका छन् । त्यसैगरी वित्तिय औजारहरुले पनि सापेक्षिक नतिजा उपलव्ध गराई रहेका छन् । वित्तिय तरलताको अभाव वजारमा देखिदैन । तसर्थ सेयर वजारले नया उचाई लिनुको विकल्प छैन, अर्थात वजार वढ्नुको विकल्प छैन ।
नेप्से र लगानीकर्ताको मनोभाव
वास्तवमा नेप्से परिसुचकले समग्र आफ्नो लगानीप्रति लगानीकर्ताले दृष्टिकोणको मापन गर्नुपर्ने हो । तर, सहि रुपले त्यो संकेत गरेको विश्वास हाम्रो नेप्सेले दिदैन, तसर्थ नेपालको सन्दर्भमा लगानीकर्ताको मनोभावलाई नेप्सेको सुचकमा दाज्न सकिदैन । एक त सिमित लगानिकर्ताको मात्र पहुच नेप्सेमा छ भने दाश्रो तिनीहरुको लगानी पनि सिमित मात्रामा मात्र नेप्सेको दायरामा अंकित छ । अर्को लगानीकर्ताहरु आफ्नो मनले सेयरमा लगानी गर्ने भन्दा पनि लहडमा लाग्ने प्रकृतिका वढि देखिन्छन् । विगतदेखि नै अहिले सम्मको नेप्सेको परिदृश्य हेर्ने हो भने नेपालको सन्दर्भमा लगानिकर्ताको मनोभाव र आर्थिक सक्षमता भन्दा पनि राजनीतिक स्थिरताको प्रक्षेपण र सुचकांकको रुपमा नेप्सेको प्रवृति रहेको झै लाग्ने अवस्था छ ।
अन्तर्राष्ट्रिय र नेपालको पुँजीबजार
भारतको विएसई सेन्सेक्सले १६०० खरव (करीव १६ खरव अमेरीकी डलर) पुगेर विश्वको दशौ ठुलो पुँजी वजारको रुपमा उदाएको छ । अझ भारतको समग्र पुँजीवजारको हिस्सामा नेशनल स्टक एक्सचेन्जको पुँजीकरणलाई समेत जोड्ने हो भने यो अंक अझ ठुलो हुनजान्छ । भारतको विएस्ई सेन्सेक्स मापन गर्न लागिएको वर्ष सन् १९७८–७९ लाई आधार मान्ने हो भने पनि यसको वृद्धिदर औसत वार्षिक १८ प्रतिशत भन्दा वढि छ । त्यसैगरि हेर्दा नेप्सेको आधार वर्ष देखि आजको अवस्थालाई औसत वार्षिक वृद्धिदर १२ प्रतिशमा रहेको देख्न सकिन्छ । विएस्ई सेन्सेक्सको वृद्धिदरलाई आधार मान्ने हो भने नेप्सेको अंक अहिलेका लागि २५०० लगभगमा रहनुपर्ने देखिन्छ । समग्रमा पुँजीवजारको विकासका लागि आर्थिक गतिविधिहरु तिव्रोत्तर र चलायमान हुन जरुरी छ । अघिल्लो २० वर्षमा निरन्तर औसत ४ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिदर पनि नेपालले पार गर्न धौ धौ परेको हाम्रो अवस्था हो । तर त्यसको विपरित भारतको आर्थिक वृद्धिदरले कयौं वर्षमा दोहोरो अंक समेत पछ्याएको थियो । यो सवै यर्थाथलाई नियाल्ने हो भने हाम्रो नेप्सेको गतिलाई आभार प्रकट गर्नैपर्छ, तर सन्तोषजनक भने कदापि मान्न सकिन्न ।
वजार वुलिस वनाउन
अपरिपक्व प्रणाली, नीतिगत अस्थिरता, कतिपय अवस्थामा नियामक निकाय नै नहुनु र नियामक निकायको पनि कमजोर संरचनाहरु वजारका लागि दोषी देखिन्छन् । कारोवार परिमाणलाई विश्लेषण गर्दा पुर्ण स्वचालित अवस्थामा चल्नुपर्ने आकार वजारले ग्रहण गरीसकेको छ । जसले गर्दा लगानीकर्ताले सहि मुल्य र सहि समयमा सहि किसिमका सेयर उपकरणहरु खरीद विक्री गर्ने अवस्था आएमा वजारले गति लिने निश्चय जस्तै छ । त्यसैगरी जिम्मेवार निकायका विचमा सामञ्जस्यता र संरचनागत सुधारले पनि नेप्सेमा आशालाग्दो परिस्थिति जन्माउने देखिन्छ । त्यसैगरी नीतिगत स्थिरता रहनु वजारको स्थिरताका लागि महत्वपुर्ण पक्ष हो । खासगरी मुद्रा, वाणिज्य, वित्तिय र समग्र अर्थनीतिले वजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । कारोवारमा आएका कतिपय संस्था तथा कम्पनीको अहिले पनि नियामक निकाय नै छैनन्, जुन कम्पनीहरुको वजार हिस्सा र अनुपात विस्तारीदै गएको छ । जलविद्युत, होटेल समुह र अन्य केहि कम्पनीहरु नियामक निकाय विहिन छन् । वजारको अवस्थालाई स्थिरता दिन पनि नियामक निकायहरुको यथासक्य व्यवस्था जरुरी छ ।
प्रतिक्रिया