वि.सं. २०८२ जेष्ठ ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनबी बैंकले एनबी इन्स्योरेन्सको पाँच लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

अर्थटुडे
२०७१ मंसिर २२, सोमबार

नेपाल बंगलादेश बैंकले एनबी इन्स्योरेन्समा कायम रहेको पाँच लाख कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले आगामी बुधबारभित्रमा बोलकबोलमार्फत इन्स्योरेन्समा कायम रहेको सेयर टुक्रा गरी सर्वसाधारणमा बिक्री गर्न लागेको हो । एनबी समूहको बहुुमत सेयर लगानी रहेको इन्स्योरेन्स हाल समस्याग्रस्त अवस्थामा रहेको छ ।

NB_insurance_logoकम्पनीका सञ्चालक सम्बद्ध एनबी समूहका पदाधिकारीहरुले बदमासी गरेपछि नियमनकारी निकाय बीमा समितिले उक्त कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो । कम्पनीका सञ्चालकहरु लक्ष्मीबहादुर श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, जेन श्रेष्ठलगायतका व्यक्तिहरुले कम्पनीको घरभाडा तिर्दा नीतिविपरीत एक मुष्ठ रुपमा संस्थालाई हानी नोक्सानी पुग्नेगरी भुक्तानी गरेको, गलत रुपमा हुँदै नभएको कम्पनीलाई बीमा गरिएको भनी दाबी भुक्तानी गरेको लगायतका कैफियतका आधारमा समस्याग्रस्त घोषणा गरेको थियो । कम्पनीमा नोक्सानी आठ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

बीमा समितिको निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीहरुले गत असार मसान्तसम्ममा २५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने भए पनि समस्याग्रस्त भएकै कारण कम्पनीले हालसम्म पुँजी वृद्धिको योजना पेस गरेको छैन । नेपाली बीमा क्षेत्रमा १७ वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालित रहेकोमा समस्याग्रस्तबाहेक सबै कम्पनीले तोेकिएको न्यूनतम चुक्ता पुँजी कायम गरिसकेका छन् ।

समस्याग्रस्त एनबीको चुक्ता पुँजी हाल पनि १४ करोड रुपैयाँको हाराहारीमा रहेको छ । झण्डै एक वर्ष अघिदेखि सेयर खरिदबिक्री नभएको कम्पनीको पछिल्लो पटक प्रतिकित्ता ८० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको थियो ।  बजार पुँजीकरण ११ करोड ३५ लाख ६७ हजार सात सय ६० रुपैयाँ पुगेको कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १४ करोड १९ लाख ५९ हजार सात सय रुपैयाँ बराबरको १४ लाख १९ हजार पाँच सय ९७ कित्ता सेयर सूचीकृत छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ