वि.सं. २०८२ जेष्ठ २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाणिज्य बैंकको साधारण सेयर आउँदै, अनुमतिका माग्दै अर्थ मन्त्रालयमा

अर्थटुडे
२०७१ मंसिर २४, बुधबार

काठमाडौं । सरकारी स्वमित्वको राष्ट्रिय वाणिज्य बैंकले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।  सेयर निष्कासनका लागि बैंकले अर्थ मन्त्रालयसँग अनुमति मागेको छ । “कम्तीमा ३० प्रतिशत सेयर निश्कासनका लागि अर्थ मन्त्रालयसँग अनुमति मागेका छौं” बैंकका अध्यक्ष रेवतबहादुर कार्कीले भने, “अनुमति पाउने वित्तीकै निश्कासन गछौं ।” यसका लागि बैंकले सबै तयारी गरिसकेको उनले बताए । हाल संचालनमा रहेका ३० बाणिज्य बैंकमध्ये राष्ट्रिय बाणिज्य बैंकले मात्र साधारण सेयर जारी गरेको छैन ।  rbb

बैंकको नवगठित सञ्चालक समितिले अर्थ मन्त्रालयमा दस बुँदे प्रस्ताव पेस गरेको छ । जसमा सेयर निष्कासन गर्ने आधार र बैंकले त्यसका लागि गरेको सम्पूर्ण जानकारी उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्था ऐनअनुसार वित्तीय संस्थाले सर्वसाधारणमा सेयर निष्कासन गर्नैपर्छ ।

अध्यक्ष कार्कीले केन्द्रीय बैंकको नियमअनुसार सम्पूर्ण तयारी गरेको जानकारी दिए । “सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्नु भनेको बैंकको अहिलेको संरचनालाई परिवर्तन गर्नु हो”, कार्कीले भने, “यसले बैंकलाई अझ चलायमान गराउने छ ।”

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ