काठमाडौं । सुनको भाउ एकैदिन १२ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ५२ हजार ३ सय रुपैयाँले कारोबार भइरहेको छ । मंगलबार ५१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूलयमा बृद्धि भएपछि त्यसको असर नेपालमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार एकै दिन सुनको भाउ प्रति औंस ३२ डलरले बढेकाले नेपालमा पनि सुनको भाउ बढेको संघले बताएको छ ।
प्रतिक्रिया