काठमाडौं । एनआइवीएल संबृद्धि फण्ड—१ मा तीन गुणा बढी आवेदन परेको छ । यो फण्डमा करिव २ अर्व सात करोड रुपैयाँको आवेदन परेको कम्पनीले जनाएको छ । यो फण्ड ८० करोड रुपैयाँको योजना हो ।
एनआइवीएल संबृद्धि फण्ड— १ को गत बुधबारदेखि गत आइतबारसम्म प्राथमिक निष्कासन गरिएको थियो । एनआइबीएल सम्वृद्धि फण्ड–१ को व्यवस्थापन नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबीएल क्यापिटल गर्नेछ। लगानीकर्ताले योजनामा न्युनतम एक सयदेखि ८० लाख इकाइसम्मको लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।
प्रतिक्रिया