वि.सं. २०८१ माघ २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल एसबीआई बैंकले सेयर बिक्री गर्ने

अर्थटुडे
२०७१ मंसिर २८, आईतवार

काठमाडौं । नेपाल एसबीआई बैंकले आठ करोड ९७ लाख ६३ हजार नौ सय ६० रुपैयाँबराबरको आठ लाख ९७ हजार ६३ कित्ता साधारण सेयरको बिक्री प्रक्रिया सुरु गरेको छ । बैंकले यसअघि १५औं वार्षिक साधारणसभाबाट पारित भएबमोजिम दुर्ई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेकोमा सात लाख ९७ हजार ९० कित्ता हकप्रद सेयरको बिक्री नभएपछि बैंकले उक्त सेयर खरिदको लागि मंगलबार सार्वजनिक रुपमा आह्वान गरेको हो ।

nepal SBI bankबैंकका अनुसार सात लाख ९७ हजार कित्ता हकप्रद र उक्त सेयरमा २०६८\०६९मा बैंकद्वारा वितरणपश्चात् रद्द गरिएको ९९ सय हजार ७३ कित्ता बोनस सेयर बिक्री प्रक्रियासमेत सुरु गरिएको छ । न्यूनतम बोलकबोल रकम एक सय रुपैयाँ अंकित मूल्य कायम गरिएको उक्त सेयरको बिक्री प्रक्रिया मंसिर २९ गतेसम्म जारी रहने बैंकले जनाएको छ । बैंकको २०७० मंसिर २० गतेदेखि २०७१ मंसिर १ गतेसम्म न्यूनतम आठ सय ४० रुपैयाँ र अधिकतम १३ सय ५४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको एनएमबी क्यापिटलमार्फत उक्त सेयरको बिक्री हुने बैंकले जनाएको छ ।

भारतको स्टेट बैंक अफ इण्डियासमेतको साझेदारीमा सञ्चालनमा रहेको बैंकको पछिल्लो पटक नौ सय ६० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । बजार पुँजीकरण २५ अर्ब ४२ करोड ७५ लाख ६८ हजार रुपैयाँ पुुगेको बैंकको स्टकमा दुई अर्ब ६४ करोड ८७ लाख पाँच हजार रुपैयाँबराबरको दुई करोड ६४ लाख ८७ हजार ५० कित्ता सेयर सूचीकृत छ ।

आर्थिक वर्ष २०७०\०७१ को खुद मुनाफाबाट १५ प्रतिशत बोनस र सात प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २५ करोड ६२ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिमा बैंकले ५५ अर्ब छ करोड ६६ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब २१ करोड ११ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ