वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल बैंकको संचालकमा प्रधान र सिंह

अर्थटुडे
२०७१ मंसिर २८, आईतवार

nepal-bankकाठमाडौं । नेपाल बैंकको साधारण सेयरधनीको तर्फबाट संचालकमा निश्चल प्रधान र सुरेन्द्रबहादुर सिंह चयन भएका छन् । बैंकको आईतबार भएको साधारणसभामा प्रधान र सिंहको बाहेक अन्य उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध चयन भएका हुन् । प्रधान सेयर बजारका चर्चित लगानीकर्ता निर्मल प्रधानका छोरा हुन् ।

नेपाल राष्ट्र बैंकको व्यवस्थापनले बैंकको विषेश साधारणसभा गरी नयाँ संचालक समितिलाई बैंकको जिम्मेवारी सुम्पिएको हो ।

यसबाहेक बाँकी ४ जना संचालक भने सरकारले चयन गर्नेछ । बैंकमा सर्वसाधारणको ३८ र सरकारको ६२ प्रतिशत स्वामित्व रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ