वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा उछाल, एकैदिन ४० अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७१ मंसिर २८, आईतवार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार करिव ४० अंकले बढेको छ । बजार खुल्दादेखि नै उकालो लागेको बजार अन्ततः ९१० अंकमा पुगेर अडिएको छ ।

संविधान निर्माणमा दलहरुविच सहमति हुने सम्भावना भएपछि बजार यस दिन ह्वात्तै बढेको हो । नेप्से बढेसँगै कारोबार रकमपनि बढेको । यस दिन २८ करोड २३ लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर विक्रि भएको छ । बजार घट्दा कारोबार रकम समेत घटेर १३ करोड रुपैयाँमा झरिसकेको थियो ।

गत बिहीबार पनि बजार १६ अंकले बढेको थियो । राजनीतिक अन्यौलका कारण पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु संघियतामा दलहरुबीच सहमति बन्दै गएपछि आशावादी देखिएका हुन् ।

chart_dec 11

विगतलाई हेर्ने हो भनेपनि अहिलेको समय बजार बढ्ने समय नै हो, नेपाल धितोपत्रबोर्डका प्रबक्ता निरज गिरी भन्छन् —कतिपय कम्पनीहरुले आफ्नो बार्षिक साधारणसभा सकिसकेका छन् भने कतिपयले साधारणसभा गर्दैछन् यतिवेला बोनस, नगद लाभांस आउने भएकोले पनि खरिद गर्नेहरु बढ्ने गरेका छन् ।

उनका अनुसार सेयर बजार ह्वात्तै बढ्नुमा राजनीतिक कारण पनि रहेको छ । हुन त नेपालको सेयर बजारलाई राजनीति खासै असर गरेको दैखिदैन गिरी भन्छन्—तर अहिले सेयर बजार ह्वात्तै बढ्नुमा राजनीतिक प्रभाव हुन सक्छ । संविधान निर्माण हुने सम्भावना बढेर आएकोले पनि लगानीकर्ताहरुमा आशा पलाएको र त्यसको प्रभाव नेप्सेमा देखिएको उनले बताए ।

साताको पहिलो दिन बजारका सबै सुचकहरु हरियो भएका छन् । नियामक निकायहरुले यसअघि नै बजारका अन्यौलहरुलाई नीतिगत परिवर्तन गरेर संवोधन गरिसकेका छन् ।

सबैभन्दा वढी जलविद्युत् ९१४४ अंक०, होटल ९१४२० र बिमा ९११६० अंकले बढेको छ । बाणिज्य बैंकहरुको समूह पनि ४३।५ अंकले बढेको छ । विकास बैंक १९, फाइनान्स पाँच, उत्पादनमूलक ९ र अन्य १४ अंकले बढेको छ । बजार बढ्दा पनि गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्सका प्रबद्र्धक सेयरधनी छन् ।

बढी कमाउनेमा गरिमा विकास बैंक, कालिञ्चोक डेभलपमेन्ट बैंक, हिमालयन डिस्टीलरी, सोल्टी होटल र मालिका विकास बैंकका लगानीकर्ता छन् ।आइतबार एक सय २४ कम्पनीका सेयर किनबेच भएका छन् । २२ सय १० वटा कारोबारमा १० लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ