काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा नविल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली चयन भएका छन् । त्यसैगरी
समितिको उपाध्यक्षमा नागरिक लगानी कोषका वित्त विश्लेषक नारायण प्रसाद घिमिरे, महासचिवमा ग्रोमर मर्चेन्ट बैंकरका महाप्रवन्धक कविन्द्र ध्वज जोशी, कोषाध्यक्षमा एसिएम मर्चेन्ट बैंकिङका प्रवन्ध निर्देशन विजयलाल श्रेष्ठ चयन भए ।
सदस्यहरुमा एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे, भिवोर क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शंकर कालीकोटा र एनआईबिएल क्यापिटलका महाप्रिवन्धक मेख बहादुर थापा रहेका छन् । शुक्रबार भएको संघको साधारणसभाबाट दुई वर्षको कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिले नियमाक निकायसँग समन्वय गरि मर्चेन्ट बैंकिङ क्षेत्र विस्तार गर्ने जनाएको छ ।
प्रतिक्रिया