वि.सं. २०८१ कार्तिक २७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विकास समितिले सरकारलाई सोध्यो विकास खर्च किन हुन सकेन ?

अर्थटुडे
२०७१ मंसिर २९, सोमबार

काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले सरकारलाई पुँजीगत खर्च बढाउन नसक्नुको कारणहरु १५ दिनभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ । rabindra-adhikari-सोमबार बसेको समितिको बैठकले पुाजीगत खर्च हुन नसक्नुका कारणहरु १५ दिनभित्र समितिमा पेस गर्न राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । 

सरकारले पुाजीगत खर्च गर्न नसक्दा विकाससाग सम्बन्धित आयोजनाहरु निर्धारित समयमा सम्पन्न हुन नसकेको समितिले सोमबार विभिन्न मन्त्रालयलाई बोलाएर यस्तो निर्देशन दिएको हो ।

चालु आर्थिक वर्षको चौमासिक विवरण अनुसार सरकारले लक्ष्यको ७ प्रतिशत मात्रै विकास खर्च गरेको छ । अर्थ मन्त्रालयलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुको कार्यान्वयनका लागि बजेट अभाव हुन नदिन र योजनाकाहरुलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजान भौतिक पूर्वाधार र स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसैगरी विकास निर्माणका लागि आवश्यक निर्माण सामाग्रीहरुको पनि अभाव हुन नदिन समितिको निर्देशन छ । आगामी पुस ६ गते कृषि तथा जलस्रोत र विकास समितिको संयुक्त बैठक बस्ने छ भने सो बैठकमा विकास खर्चलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमबारे समेत छलफल हुने समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ