वि.सं. २०८१ कार्तिक २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अल्पकालीन लाभ खोज्ने लगानीकर्ताका कारण सेयर बजारमा भएको बृद्धि टिक्न सकेन

अर्थटुडे
२०७१ पुष १, मंगलवार

काठमाडौं । अल्पकालिन लाभ लिनखोज्ने लगानीकर्ताहरुले सेयर बेच्दा मंगलबार सेयर बजार घटेको छ । गत हप्ताको अन्तिम दिनदेखि बढ्न थालेको सेयर बजारमा अल्पकालिन लाभ लिन खोज्नेहरुले मंगलबार सेयर बेच्दा बजार घटेको हो ।मंगलबार सेयर बजार ६.५४ अंकले घटेर ९१०.२० अंकमा अडिएको छ ।

दुई दिन सरासर बजार बढेपछि आगामी दिनमा थप उकालो लाग्ने विश्लेषणका आधारमा ठूला लगानीकर्ताले चलखेल गर्न थालेपछि बजार सामान्य घटेको सेयर बजार विश्लेषकहरु बताउँछन् ।

मंगलबार लगानीकर्ताहरुले कारोबारको अन्त्यसमयमा सेयर बेच्दा ३५ करोड भन्दा माथिको कारोबार भएको थियो । तर मंगलबार भने कारोबार रकममा १५ करोडले कमी आइ जम्मा २० करोडको मात्र कारोबार भयो ।

यस दिन नेप्से परिसुचक ४६ अंकसम्म बढेको थियो तर सो बृद्धि धेरैवेर टिक्न नसकी कारोबार बन्द हुदा सम्ममा घटेको थियो । दीर्घकालीन लगानीका हिसावले जोखिम आंकलन गरी राम्रा कम्पनीको शेयर किन्ने भने यही नै सही मौका भएको जानकारहरु बताउँछन् ।

यस दिन होटल र उत्पादनमूलक वाहेक सबै सुचक घटेका छन् । सबैभन्दा वढी बिमा सुचक साढे ५१ अंकले घटेको छ । त्यसपछि जलविद्युत् ८.८८ अंक र बैंकिङ ६.२७ अंकले घटेको छ ।

यस दिन सबैभन्दा वढी कमाउनेमा सेन्ट्रल फाइनान्स, प्यासिफिक डेभलपमेन्ट बैंक, नेको इन्स्योरेन्स, साना किसान विकास बैंक र ग्रान्ड बैंकका लगानीकर्ता छन् ।
गुमाउनेमा प्रिमियर फाइनान्स, निलगिरि विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । यस दिन एक सय २९ कम्पनीका सेयर किनबेच भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ