वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अमेरिकी डलरको मुल्य एकसय दुई पुग्यो

अर्थटुडे
२०७१ पुष २, बुधबार

काठमाडौं । अमेरिकी डलरको मूल्य दिनप्रतिदिन बढीरहेको छ । केन्द्रिय बैंकले मंगलबार एक डलर बराबर नेपाली रुपैया सय रुपैयाँ ४१ पैसा कायम गरेकोमा बुधबार बढेर १०१ रुपैयाँ ९६ पैसा कायम गरेको छ ।

केन्द्रिय बैंकले एकसय एक रुपैयाँ ९६ पैसा तोकेपनि अन्तर्राष्ट्रिय बजारमा डलर थप बलियो भएपछि बैंकहरुले बढाएर एक सय दुई रुपैयाँ ३० पैसासम्म कारोबार गरिरहेका छन् ।

डलरसँग भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तो भएको हो । भारतीय मुद्रासँग नेपाली रुपैयाँको स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ