वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबि बैंकले दियो वित्तीय साक्षरता प्रशिक्षक तालीम

अर्थटुडे
२०७१ पुष २, बुधबार

काठमाडौं । एनएमबि बैंकले प्लानेट फाइनान्सको सहकार्य तथा स्वीस डेभलपमेन्ट को अपरेशनको सहयोगमा २६ जनालाई वित्तीय साक्षरता प्रशिक्षक तालीम दिएको छ । पाँच दिन संचालन भएको तालिमका प्रशिक्षार्थीले बैंकिङ पहुँच नपुगेका ग्रामीण समुदायलाई वित्तीय जानकारी दिनेछन् ।

talim_NMB
कार्यक्रममा बोल्दै बैंकका उप प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले यो कार्यक्रमबाट बैंकिंग बानी नबसिसकेका मानिसका लागि वित्तीय साक्षरता प्रशिक्षण सृंखलाको सुरु भएको बताए । बैंकले दैलेख, धुन्चे, नेपालगंज, इलाम, बिराटनगर आदि देशका बिभिन्न भागमा ५ सय भन्दा बढीलाई वित्तीय साक्षरता तालीम दिइसकेपछि प्रशिक्षण कार्यक्रमको प्रभावकारीताको मुल्यांकन गर्न सकिने बताए ।

कार्यक्रमबाट ग्रामीण क्षेत्रमा लघुवित्त उपयोग गर्ने सर्वसाधारण र उनीहरुलाई वित्तीय सेवा दिने लघुवित्त बैंकहरुलाई समेत कार्यक्रम संचालन गर्न सजिलो हुने बैंकले दावी गरेको छ ।

तालीम समापन कार्यक्रममा प्रशिक्षक यज्ञराज ढुंगेलद्वारा लिखित ‘वित्तीय साक्षरता तथा तालीम पुस्तिका’ बिमोचन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ