काठमाडौं । साताको सुरुवातका दुई दिनमा सेयर बजार बढेपनि मंगलबार देखि भने बजार घट्न थालेको छ । मंगलबार करिव ७ अंकले घटेको सेयर बजार बुधबार ९.८ अंकले घटेर ९०० मा अडिएको छ । राजनीतिक अन्यौलका साथै अल्पकालित लाभ लिन खोज्ने लगानीकर्ताका कारण पनि सेयर बजार घटेको हो ।
नेप्से परिसुचकसँगै बुधबार डेभलपमेन्ट बैंकबाहेक समूहगत परिसुचक घटेको छ । विकास बैंकको बुधबार १.४६ अंकले बढेको छ भने सवैभन्दा बढी जलविद्युत ४२.८६ अंकले घटेको छ । यस दिन १५ करोड ७१ लाख रुपैयाँ बराबरको ३ लाख कित्ता सेयर मात्र विक्रि भएको छ ।
यस दिन सबैभन्दा वढी कमाउनेमा कास्की फाइनान्स लिमिटेड, सगरमाथा इन्सुरेन्स कम्पनी लि,प्यासिफिक डेभलपमेन्ट बैंक,सानिमा माई हाइड्रपावर र स्वारोजगार लघुवित्त विकास बैंक रहेका छन् ।
त्यसैगरी गुमाउनेहरुमा सेन्ट्रल फाइनान्स, एनआइडीसी क्यापिटल मार्केट, फेवा फाइनान्स, कर्फोरेट डेभलपमेन्ट बैंक र प्रिमियर फाइनान्स रहेको छ ।
प्रतिक्रिया