काठमाडौं । नेपाल वायुसेवा निगमले किन्न लागेको दुइवटा एयरबसमध्ये यौटा एयरबस भने आगामी फेव्रुअरी महिनाभित्र ल्याउने भएको छ । निगमका अनुसार दुइवटा एयरवसमध्ये पहिलो विमान ए ३२० निर्माणको अन्तिम चरणमा पुगेकोले सो फेव्रुअरी सम्ममा ल्याइसकिने छ । निगमले अर्को ए २०० भने केही समयपछि ल्याउने जनाएको छ ।
निगमले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, विमानमा इन्जिन जडान गर्ने र सीट राख्ने काम पनि एक साथ भइरहेको छ ।’विमानको परीक्षण उडान जनवरी २०१५ को अन्त्यमा अर्थात माघको दोस्रो सातासम्म गरिसक्ने तालिका रहेको छ ।
पहिलो विमान हस्तान्तरण गरेको दुई महिना पछि एयरबसले निगमलाई दोस्रो विमान दिनेछ विज्ञप्तिमा भनिएको छ । निगमले ल्याउने यी दुबै बिमानमा एक सय ५८ सिट हुनेछन् ।
त्यसमध्ये आठ वटा विजनेस क्लास र एक सय ५० वटा इकोनोमी क्लासका सिट हुनेछन् । निगमसँग हाल दुई वटा बोइङ ७५७ विमान छन् । यी दुबै निकै पुराना विमान हुन् । हाल निगम निगमको जहाज यहाँबाट हङकङ, बैंकक र क्वालालम्पुर जान्छ ।
निगमले दुबई उडान स्थगन गरेको छ भने भारत नयाँदिल्ली उडान र्पूणरूपमा बन्द छ । नयाँ जहाज आएपछि यी सेक्टरमा उडान संख्या बढाउने निगमको योजना छ । ७५७ लाई भने चीनको सांघाईसहित मध्यम दूरीमा उडाउन निगमले अध्ययन गरिरहेको छ ।
प्रतिक्रिया